देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रचण्डको निर्देशनमा सुदूरपश्चिममा भट्टमाथि ‘कू’

देशान्तर


काठमाडौं । मातहतका नेताहरूलाई लडाएर पार्टीभित्र चलखेल र सन्तुलनमा माहिर मानिने नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्ड पार्टीमा कुनै समस्या आयो भने भावनात्मक कुरा गरेर आफू कमजोरीबाट मुक्त हुन चाहन्छन् नै, योसँगै पार्टी राजनीतिमा आफूविरुद्ध चलखेल भएको शंका लाग्नासाथ केही न केही गरिहाल्छन्, जुन कुरा अहिले सुदूरपश्चिममा देखिएको छ र उनकै निर्देशनमा सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टलाई ‘कू’मात्रै गरिएको छैन, सरकारमा सहभागी पार्टीका मन्त्रीहरूलाई पनि फिर्ता बोलाइँदै छ ।


बिनासूचना र पूर्वतयारी माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशसभाका बहुमत सदस्यहरूले खगराज भट्टलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेका छन् जहाँ संसदीय दलको बैठक, अविश्वासको प्रस्तावलगायत कुनै पनि प्रक्रिया पूरा गरिएको छैन । ६ जना प्रदेश सदस्यहरूको बैठक बसेर भट्टलाई हटाउँदै प्रमुख सचेतक रहेका मानबहादुर धामीलाई दलको नेता चयन गरिएको छ, जसलाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डले समेत स्वीकार गरेका छन् ।


उपनेता रहेका अक्कलबहादुर रावल, मानबहादुर धामी, ओमविक्रम भाट, शिवसिंह ओली, गीता देवी र लक्ष्मी विकले दलको नेता फेर्ने निर्णय गरेका हुन् । दलको नेताबाट हटाइएका भट्टले भने अस्वाभाविक र अप्रत्याशित निर्णय भएकाले यसको निकास पार्टी केन्द्रले दिनुपर्ने बताएका छन् । सबै विषय प्रक्रियामा हुनुपर्ने उनको भनाइ छ । त्यसो त उनलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने आश्वासनसहित प्रदेशसभा सदस्य बनाइएको थियो र चुनावपछि उनलाई नै मुख्यमन्त्री बनाउने गरी संसदीय दलको नेता चुनिएको थियो ।