काठमाडौं । नेकपा माओवादी केन्द्रका पुर्व लडाकु कमाण्डर एवं नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्शल’को पक्राउ प्रति पुर्व प्रधानमन्त्री तथा नेसपाका अध्यक्ष बाबुराम भट्टराईले आपत्ति जनाएका छन ।
भट्टराईले जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएको भन्दै आपत्ति जनाएका छन् । तर, प्रहरीले जनयुद्धको मुद्दामा नभै लागुऔषध चरेस ओसारपसार मुद्दामा अदालतबाट दोषी ठहर भएकोले पक्राउ गरिएको जनाएको छ ।
पूर्वी रुकुम घर भएका मार्सल काठमाडौँको मच्छेगाउँबाट पक्राउ परेका हुन् ।
जिल्ला अदालत दाङबाट भएको फैसला कार्यान्वयनका लागी उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । उनी विरुद्ध २ वर्ष ६ महिना कैद र २० हजार जरिवाना हुने फैसला भएको थियो । पक्राउपछि जिल्ला अदालत काठमाडौँको आदेशले उनलाई कारागार कार्यालय डिल्लीबजारमा थुनामा पठाइएको छ ।
प्रतिक्रिया