काठमाडौं। नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ । जारी यू-१९ क्रिकेट विश्वकपमा समुह डी अन्तर्गतको खेलमा नेपालले पाकिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा अल आउट हुदै १९७ रन बनाएको हो ।
नेपालका लागि विपिन रावलले सर्बाधिक ३९ रन बनाएका थिए । त्यस्तै दीपक डुम्रेले २६ रन बनाए भने कप्तान देव खनालले २३ रन बनाएका थिए । त्यस्तै गुलशन झाले १८, दिपेश कँडेलले १३, सुबास भण्डारीले २० रन बनाएका थिए । त्यस्तै अर्जुन कुमाल र आकाश त्रिपाठीले ६-६ रन बनाए भने उत्तम मगरले ४ तथा आकाश चन्दले अविजित १६ रन बनाएका थिए ।
आईसीसी यू–१९ विश्वकपअन्तर्गत नेपाल र पाकिस्तानबीचको खेलमा क्रिकेटकै दुर्लभ घटना भएको छ ।
विश्वकपअन्तर्गत बुधबार दक्षिण अफ्रिकाको बफेलो पार्कमा टस जितेर ब्याटिङमा आएको नेपालका ब्याटरले दौडिएरै पाँच रन लिए । विश्व क्रिकेटमा दौडिएर पाँच लिएको दृष्य निकै कममात्र देख्न पाइन्छ । नेपालका आकाश चन्दले ४९औँ ओभरको पाँचौँ बलमा दौडिएरै पाँच रन ल्याएका हुन् । पाकिस्तानका मोहम्मद जिसानको बलमा आकाश र सुवास भण्डारीले दौडिएर पाँच रन ल्याए । यस खेलमा पाकिस्तानका बलरले २४ रन अतिरिक्त रन दिएका थिए ।
त्यसैगरी पाकिस्तानका बलर अराफात मिनहासले सर्बाधिक ३ विकेट लिएका थिए भने अहमद हुसैन र उबैद शाहले २-२ विकेट लिएका थिए । त्यसैगरी खुबैब खलिल, मोहमद जीशान, अलि असफन्डले एक एक विकेट लिएका थिए ।
प्रतिक्रिया