देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली बजारमा एफ्टेकका मोटरसाइकल 

देशान्तर

 काठमाडौ । एफ्टेक मोटर्स इण्डिया प्रा लि ले उत्पादन गरेको मोटरसाइकलहरू नेपाली बजारमा बिक्री भइरहेको छ । एफ्टेकका उत्पादनलाई नेपालमा म्याक्स भिजन लिमिटेडले आयात गरी ल्याएको हो । एफ्टेकका मोटरसाइकलहरू १७० सिसी क्षमता भएका इन्जिनयुक्त रहेका छन् ।

हाल नेपालको बजारमा स्कोरपिनियम, नाइट राइडर र टर्बो मोडलहरू उपलब्ध छन् । यी मोटरसाइकलमा ४ स्टोक काउन्टर ब्यालेन्सर इन्जिनले ८००० आरपीएममा १४ बीएच पावर र ७५०० आरपीएममा १३.५ एनएम टर्क प्रदान गर्छ । सिङ्गल च्यानल एबीएसयुक्त एफ्टेकका मोटरसाइकलमा डिस्क ब्रेक छ, अगाडि पछाडि दुवै ट्युब लेस टायर छन् । हाल विभिन्न चार रङ्गमा उपलब्ध एफ्टेकका मोटरसाइकलहरुको कम्पनीले नेपाली बजारमा स्कोरपिनियमको ३ लाख २५ हजार, नाइट राइडरको ३ लाख २० हजार र टर्बोको ३ लाख १५ हजार रुपैयाँ तोकेको छ ।

२ वर्ष वारेन्टी रहेको एफ्टेकका मोटरसाइकल १ वर्ष निःशुल्क सर्भिसिङ ०% ब्याजमा एक बर्षकाे किस्ताबन्दीको सुविधाको  Exchange काे पनि सुविधा रहेको छ साथै मोटरसाइकल चढेको ६ वर्ष पछि मोटरसाइकल फिर्ता गरी खरिद गरेको ८०% Cash फिर्ता गरिने सुविधा छ  ।  एफ्टेक बाईककाे शोरुम ललितपुरको सातदोबाटोमा र धापाखेलमा सर्भिसिङ सेन्टर रहेको जानकारी एफ्टेक नेपालका प्रमुख संचालकिय अधिकृत (COO)  बिनोद थापाले गराएका छन् ।