देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रवि लामिछानेविरुद्ध संसदीय समितिमा उजुरी

देशान्तर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेविरुद्ध संसदीय समितिमा उजुरी दिइएको छ । लामिछाने सदस्य रहेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति उजुरी दिइएको हो । सांसद लामिछानेविरुद्ध सिन्धुलीका युवराज सफल दिएको उजुरी मंगलबार समितिमा दर्ता गरिएको छ । उजुरीकर्ता सफलले सहकारी घोटाला प्रकरणमा लामिछाने संलग्न रहेको आरोप लगाएका छन् । सञ्चारमाध्यममा सार्वजनिक समाचारलाई आधार मानेर उनले उजुरी दर्ता गराएका हुन् ।

सोही उजुरी सफलले सभामुख देवराज घिमिरेको सचिवालयमा पनि दर्ता गराएका छन् ।