देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज राति १२ बजेदेखि मौन अवधि सुरु :कोशी प्रदेशमा नेकपा एमाले र राप्रपाबिच तालमेल हुने

देशान्तर

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको हो । यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ ।
मौन अवधिमा राजनीतिकदलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइने छैन ।

यस्तै, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने आयोगले बताएको छ ।
यसबैबीच राष्ट्रियसभा सदस्य पदको निर्वाचन अन्तर्गत कोशी प्रदेशमा नेकपा एमाले र राप्रपाबिच तालमेल हुने भएको छ । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि अन्य र महिला क्लस्टर गरी दुई सिटमा चुनाव हुँदैछ । दुई सिटमध्ये एक सिटमा एमालेले राप्रपालाई र अर्को सिटमा राप्रपाले एमालेलाई सघाउनेसहमति भएको हो । कोशीमा एमालेले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई सघाउने भएको छ । यस्तै राप्रपाले भने एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई सघाउने भएको छ ।