देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आइसीसी यू–१९ विश्वकपमा क्रिकेट प्रतियोगितामा जितका लागि नेपालले पायो ३०३ रनको लक्ष्य

देशान्तर

काठमाडौं । आइसीसी यू–१९ विश्वकपमा क्रिकेट प्रतियोगितामा नेपालले जितका लागि ३०३ रनको लक्ष्य पाएको छ ।
इस्ट लण्डनमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रन बनायो ।
न्युजिल्यान्डका लागि सेन्हिथ रेड्डीले १४७ रनको शतकीय पारी खेले । १२५ बल खेलेका उनले ११ चौका र ६ छक्का प्रहार गरे ।
त्यस्तै कप्तान ओस्कर ज्याक्सनले ७५ रनको अर्धशतकीय पारी खेले । ८१ बले खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरे ।
न्युजिल्यान्डका टोम जोनेसले ३३ रन बनाउँदा लुक वाट्सनले १४ रन बनाए । नेपालका लागि सुवास भण्डारीले तीन विकेट लिए । त्यस्तै गुलशन झाले दुई विकेट लिँदा दिपेश कण्डेल, तिलक भण्डारी र आकाश त्रिपाठीले एक–एक विकेट लिए ।