काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समस्याग्रस्त सहकारीबारे अनुसन्धान गर्ने भएको छ । सहकारी विभागको अनुरोधमा ब्यूरोले समस्याग्रस्त सहकारीबारे अनुसन्धान गर्न लागेको हो ।
सीआईबीले सबै समस्याग्रस्त सहकारीको अनुसन्धान थालिएको र त्यसमा पोखरास्थित सूर्यदर्शन सहकारी पनि रहेको जनाएको छ ।
यो सहकारीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्यालेक्सी टेलिभिजनका लगानीकर्ता गितेन्द्रबाबु (जीबी) राई पनि जोडिएका छन् । राई समूहले पोखरास्थित सूर्यदर्शन सहकारीको एक अर्ब ३५ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । राई अहिले फरार छन् भने लामिछानेले आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् ।
प्रतिक्रिया