काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको माघ ११ गते साधारणसभा बस्ने भएको छ । सभामा आर्थिक वर्ष २०७८–७९ को नाफानोक्सान हिसाबकिताब सम्बन्धमा छलफल हुनेछ । सभामा ६ जनाको बीच निर्वाचन गर्ने इन्स्योरेन्सले जनाएको छ ।
साथै, सभामा सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट चार जना प्रतिनिधित्व गर्ने र सर्वसाधारण समूहको तर्फबटा दुई जना प्रतिनिधित्व गर्ने सञ्चालक निर्वाचन गर्नेछ । कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन ।
सभा आम्रपाली ब्याङ्केट, भाटभटेनी, नक्साल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि यसले पुस २६ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसर्थ, पुस २५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।
प्रतिक्रिया