काठमाडौं । एनआईबीएल स्टेबल फन्डमा आवेदन दिने म्याद थप गरिएको छ । फन्ड निर्धारित समयमा बिक्री नभएपछि समय थपेर माघ १६ गतेसम्मका लागि आवेदन दिने समय अघि सारिएको हो । अब लगानीकर्ताले यसमा माघ १६ गतेसम्म आवेदन दिन सक्नेछन् । एनआईएमबी एस क्यापिटलले माघ २ गतेदेखि यस म्युचुअल फन्ड बिक्री खुला गरेको हो ।
एनआईबीएल स्टेबल फन्डले कुल १० करोड इकाइ बिक्री खुला गरेको हो । जसमध्ये १० लाख इकाइ योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटललाई छुट्ट्याइएको छ ।
यस्तै, १ करोड ४० लाख इकाइ कोष प्रवद्र्धक नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरेको छ । बाँकी ८ करोड ५० लाख इकाइका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो बन्दमुखी योजना हो । प्रतिइकाइ १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाइ भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआईएमबी एस क्यापिटलले गरेको छ ।
प्रतिक्रिया