देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँचखालमा महिला हरित औद्योगिक पार्क निर्माण गर्ने बिषयमा बिवाद कायमै

देशान्तर

काठमाडौँ । काभ्रे पलाञ्चोकको पाँचखाल नगरपालिकामा महिला हरित औद्योगिक पार्क निर्माण गर्ने बिषयमा बिवाद कायम रहेको छ ।
४ वर्षअघि भएको सम्झौताका आधारमा गत मंसिरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेको हरित औद्योगिक ग्राम विवाद कायमै रहदा महिला उद्यमी नै विभाजित भएका छन भने नगरपालिकाको भूमिकामा महिलाहरू व्यवसायीहरूको छाता संगठन महिला उद्यमी महासंघले आपत्ति जनाएको छ ।
महिलाहरू व्यवसायीहरूको छाता संगठन महिला उद्यमी महासंघले ३० वर्षदेखि पैरवी गर्दै आएको थियो । त्यही पैरवीका आधारमा सरकारले पाँचखालमा १ सय रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । अहिले महिला महासंघकी पूर्वअध्यक्षसमेत रहेकीे प्रमिला आचार्य रिजालले नेतृत्व गरेको मञ्चले एकलौटी गरेर औद्योगिक ग्रामलाई नियन्त्रणमा लिन खोजेको भन्दै महासंघ चर्को विरोधमा उत्रिएको छ ।
महासंघको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेरै असन्तुष्टि जनाएको छ । मञ्चकी अध्यक्ष रिजालले मन्त्रीहरुलाई साथ लिएर महासंघलाई बाइपास गरेको आरोप महासंघले लगाएको छ ।