काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आसन्न दोस्रो केन्द्रीय परिषद् बैठकमा सहभागी हुने नेताहरूका लागि दुई बुँदे निर्देशन जारी गरेको छ । महासचिव घनश्याम भुसालले शुक्रवार सूचना जारी गर्दै यही माघ १४ र १५ गते हुने परिषद् बैठकमा सहभागी हुने नेताहरूका लागि पालना गर्नुपर्ने विषयका बारेमा दुई बुँदे सूचना जारी गरेका हुन् ।
महासचिव भुसालले जारी गरेको सूचनामा केन्द्रीय परिषद् बैठकमा सहभागी हुन आउने सबै नेताहरूले पार्टी सदस्यता अनिवार्य नवीकरण गरेको हुनुपर्ने , परिषद् बैठकमा सहभागिताका लागि केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी, लगायतका कमिटीमा रहेका नेताहरूले समयमै आफ्नो कार्यक्षेत्रका केन्द्रीय परिषद् सदस्यहरूलाई बैठकबारे जानकारी गराउनुपर्ने उल्लेख छ ।परिषद् बैठकमा विधान संशोधन मस्यौदाबारे छलफल हुनेछ ।
प्रतिक्रिया