काठमाडौं । गौशाला २६को भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीय केशरमान राई रहेको प्रहरीले जनाएको छ । राईलाई पक्राउ गरेर विद्युतीय अपराध ऐन अनुसारको कसूरमा अनुसन्धान गर्न ७ दिन म्याद थप समेत भएको छ ।
पीडितको भन्दै तस्वीर राख्ने अन्यको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ । यसअघि यो विषयमा अनुसन्धान गरिदिन भन्दै ब्यूरोलाई पीडित गौशाला २६ ले उजुरी दिएकी थिइन् । जिल्ला अदालत, काठमाडौंले क्रिकेटर लामिछानेलाई अघिल्लो साता बुधबार ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो ।
प्रतिक्रिया