देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकी डलरको भाउ बढ्दा युरोमा गिरावट

देशान्तर

काठमाडौ  । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।

बुधबार अमेरिकी डलरको भाउ बढेको छ भने युरोमा गिरावट आएको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३३ रूपैयाँ २२ पैसा कायम गरिएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको भाउ ३० पैसाले बढेको छ ।
यसअघि मंगलबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९२ पैसामा कारोबार भएको थियो । 

यसैगरी आज ४२ पैसाले घटेरे युरोको एकको खरिदमा १४४ रूपैयाँ ८४ पैसा र बिक्रीमा १४५ रूपैयाँ ४९ पैसा तोकिएको छ ।
मंगलबार भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ८४ पैसा र बिक्रीमा १४५ रूपैयाँ ४९ पैसा तोकिएको थियो।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६७ रूपैयाँ ५८ पैसा र बिक्रीदर १६८ रूपैयाँ ३४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ५५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ९५ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ २९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७३ पैसा कायम गरिएको छ ।

यता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ४ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ८ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४४ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९२ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९७ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, बुधबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३६ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५२ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३६ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५२ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ११ पैसा र बिक्रीदर ३६ रूपैयाँ २७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ २७ पैसा र बिक्रीदर २८ रूपैयाँ ३९ पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ९५ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ९० पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ४० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।