काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार मंगलबार नेप्से ५४.५४ अंकले बढेको छ । आठ अर्ब दुई करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।कारोबार रकम एक वर्षयताकै उच्च हो । यसअघि, गएको पुस ८ गते सात अर्ब ११ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । परिसूचक २१७५.१७ विन्दुमा बन्द भएको छ । यो ६ महिनायताकै उच्च विन्दु हो । ६ महिनाअगाडि साउन ८ गते नेप्से २२ सय विन्दुमा थियो । सोमबार नेप्से २१२० विन्दु कायम थियो ।
प्रतिक्रिया