देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भीड नियन्त्रणका लागि घातक हतियारको प्रयोगमा प्रतिबन्ध लगाउन माग गर्दै रिट दायर

देशान्तर

काठमाडौं । जनप्रदर्शन तथा भीड नियन्त्रणका लागि घातक हतियारको प्रयोगमा प्रतिबन्ध लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार रिट दायर गरेका हुन् । 

उनले अन्तर्राष्ट्रिय महासन्धिले पनि भीड नियन्त्रणमा घातक हतियारको प्रयोग र अनावश्यक बल प्रयोग दुवै  निषेधित गरेको भन्दै त्यस्तो कार्यमा संलग्न सुरक्षा अधिकारी समेतलाई कारबाही गर्ने स्पष्ट व्यवस्था गरेको उल्लेख गरेका छन् । नेपालको संविधानले पनि प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको भन्दै सम्मानपूर्वक बाँच्नका लागि व्यवस्था गरिएका मौलिक हकमा समेत राज्यले नै प्रहार गरिरहेको उल्लेख गरेका छन् ।