काठमाडौँ । रुसी सेनामा भर्ती भएका थप एक युवकको मृत्यु भएको छ ।
पछिल्लो पटक लमजुङको दूध पोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको जनाइएको छ । दूध पोखरी गाउँपालिकाका वाईसीएल अध्यक्षसमेत बनेका गुरुङ रोजगारीका लागि भन्दै साढे तीन महिना अघि रुसी सेनामा पुगेका थिए ।
रुसी र युक्रेनी सेनामा कति नेपाली भर्ती भएका छन् अहिले सम्म यकिन विवरण नेपाल सरकार सँग छैन । हाल सम्म करिब दुई दर्जन नेपाली युवाको युद्धमा ज्यान गई सकेको खबर प्राप्त भएको छ । केही दिन पहिले परराष्ट्र मन्त्री एनपी साउदले १३३ परिवारले आफ्नो घरको सदस्य रुसी सेनामा भर्ती भएको जानकारी दिएको बताएका थिए ।
प्रतिक्रिया