काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री प्रकरणमा छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन समितिले सीईओ जाब्बोर कायुमोभलाई बोलाएर सोधपुछ गरेको छ ।
एनसेलको खरिद बिक्री सम्बन्धमा छानबिन गरिरहेको समितिको एक महिनाको म्याद सकिएपछि फेरी थपिएको म्याद दुई साता पछि सकिदै छ । सरकारले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । समितिले माघ १५ गतेसम्म छानबिन एवं अध्ययन गरी प्रतिवेदन बुझाउने छ ।
यसबीच समितिले एनसेल, राजस्व विभाग, दूरसञ्चार प्राधिकरणलगायत सरोकारवाला निकायबाट विवरण मागेको छ ।
समितिसँग एनसेलका सीईओ जाब्बोरले सेयर खरिद–बिक्रीबारे आफूलाई थाहा नभएको अभिव्यक्ति दिएको जनाइएको छ ।
प्रतिक्रिया