देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपा एसको सचिवालय बैठकमा सरकार र मन्त्रीको कामबारे छलफल : माघ ८ मा मस्यौदा समितिको बैठक

देशान्तर

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकमा सरकार र सरकारमा गएका आफ्ना मन्त्रीको कामकारबाही बारे छलफल भएको छ ।
सोमबार पार्टी कार्यालय आलोकनगरमा बसेको सो पार्टीको बैठकमा सचिवालयका केहि सदस्यले सरकार छाड्नुपर्ने कुरा उठाएका थिए । सचिवालय सदस्यहरुले सरकार भ्रष्टाचार काण्डहरूमा मुछिए पनि केही बोल्न नसक्ने अवस्थामा रहेको भन्दै असन्तुष्टि जनाएका थिए ।
जवाफमा अध्यक्ष नेपालले तत्काल राजनीतिक समीकरण परिवर्तन हुन नसक्ने भएकाले तत्कालै सरकार छोड्न नहुनेमा जोड दिएका थिए ।
बैठकमा भारतका विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणका क्रममा भएको २० करोड सम्झौताका बारेमा पनि पक्ष र बिपक्षमा सदस्यहरुले धारणा राखेका थिए । बैठकले उक्त सहमतिको दस्ताबेज झिकाउने निर्णय गरेको छ । यस्तै बैठकले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको रिपोर्ट कार्ड मागेको छ । सरकारमा नेकपा एसबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र कृषि मन्त्री बेदुराम भुसाल सहभागी छन् । बैठकले माघ ८ गते ११ बजे बस्नेगरी पार्टीको मस्यौदा समितिको बैठक बोलाउने निर्णय पनि गरेको छ ।