देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नु पर्छ : ‘प्रचण्ड’

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्ने बताएका छन् ।
सोमबार काठमाडौंको टुंडिखेलमा आयोजित थारू समुदायको माघी पर्वलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वर्तमान संविधान राजनीतिक सन्तुलन र सहमतिको दस्तावेज भएको कुरामा जोड दिँदै अधिकारको रक्षा र सुदृढ नगर्दा वर्तमानका उपलब्धीहरूसमेत गुम्नसक्नेतर्फ सचेत गराएका छन् ।


उनले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा थारु समुदायको ठूलो संघर्ष र बलिदान रहेको बताए ।
यस अघि आजै अर्घखाँची पर्यटन विकाससम्बन्धी नेपाल पत्रकार महासंघले आयोजना गरेको कार्यक्रममा उनले आफैँले नेतृत्व गरेको सरकारको कामसँग सन्तुष्ट हुन नसकेको बताए । उनले अर्थतन्त्र सुधारदेखि सुशासनको क्षेत्रमा धेरै काम अगाडि बढाइरहेको बताए । उनले आफ्नै कार्यशैलीबाट सरकारको कामलाई सुधार्ने प्रयास गरेको बताए ।
प्रचण्डले संघीय निजामती ऐन र प्रहरी समायोजनाको काम आफू नेतृत्वको सरकारले नगरे अरुले गर्न नसक्ने देखेको पनि बताए ।