देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वास्थ्य बीमा गरेकाले अब दश प्रतिशत रकम तिर्नुपर्ने

देशान्तर


काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमअन्तर्गत उपचार गर्ने बीमितले उपचार खर्चबापत अब १० प्रतिशत रकम तिर्नुपर्ने जनाएको छ ।

बोर्डले आजदेखि लागुहुने गरी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा उपभोग गरेबापत लाग्ने खर्चको १० प्रतिशत रकम बीमित बिरामीले आफँैले तिर्नुपर्ने जानकारी दिएको हो ।
यसअघि बोर्डमा आबद्ध भएकाले कुनै पनि बीमितले उपचार गरेबापत खर्च तिर्नुपर्दैनथ्यो । पाँचजना परिवारसम्म सदस्य भएका परिवारले वार्षिक रु तीन हजार पाँच सयको योगदान रकम तिरी एक लाखसम्मको सुविधा लिनसक्ने व्यवस्था रहेको छ ।

बीमितले अनावश्यक रुपमा चिकित्सकलाई दबाब दिएर स्वास्थ्य परीक्षण गराउन थालको भन्दै त्यसलाई निरुत्साहित गर्नका लागि आवश्यक मात्र स्वास्थ्य परीक्षण गराउन भनेर बिरामीलाई १० प्रतिशत तिराउने निर्णय गरेको बोर्डले जनाएको छ ।
अति गरिब, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अति अशक्त, एचआइभी सङ्क्रमित, जटिल क्षयरोगी, कुष्ठरोगी र महिला स्वास्थ्य स्वयंसेविकालाई भने १० प्रतिशत रकम तिनुपर्ने लागू नगरिने कार्यविधिमा उल्लेख गरिएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र र २५ शैय्यासम्मका अस्पतालमा गरिएको स्वास्थ्य उपचारमा भने बीमितले १० प्रतिशत रकम तिर्न नपर्ने पनि बोर्डले जनाएको छ ।
अहिले सक्रिय बीमित ४८ लाख ५९ हजार पाँच सय १५ जना रहेका छन् ।