देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चौधरी ग्रुपले तिर्यो सरकारलाई १६ अर्ब १४ करोड कर

देशान्तर

काठमाडौं । चौधरी ग्रुपले आर्थिक बर्ष २०७९/०८० मा सरकारलाई १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको छ । यो सरकारको कुल राजश्वमा १ दशमलश ८७प्रतिशतको योगदान हो । चौधरी ग्रुप अन्र्तगत सञ्चालित कम्पनीहरूले सरकारी राजश्वमा गरेको यो योगदान सबै भन्दा उच्च रहेको जनाइएको छ ।
आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको समयमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको छ । अर्थतन्त्रमा आएको संकुचनका कारण सरकारले लक्ष्यअनुसार राजश्व संकलन गर्न नसकेको पृष्ठभुमिमा चौधरी ग्रुपको योगदानभने उच्च रहेको छ । यद्यपी, राष्ट्रिय अर्थतन्त्रमा आएको मन्दी र त्यसबाट व्यवसायिक कारोवारमा परेको असरका कारण अघिल्लो आर्थिक बर्ष २०७८÷०७९ को तुलनामा चौधरी ग्रुपको राजश्व योगदानमा केही कमि आएको छ । उक्त आर्थिक बर्षमा ग्रुपले १७ अर्ब ७२ करोड रूपैयाँ कर तिरेको थियो ।


राष्ट्रिय अर्थतन्त्रको विस्तार र राष्ट्रका विकास निर्माणका परियोजनामा उल्लेख्य योगदान गर्न पाउँदा हामीलाई सन्तोष लागेको चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बताएका छन् । अध्यक्ष चौधरीले नेपालमा लगानीको वातावरणमा सुधार गरि लगानीकर्तालाई प्रोत्साहित गरेर मात्रै राजश्वको दायरा फराकिलो बनाउदै लैजान सम्भव हुने भएकाले यसतर्फ सबैको ध्यानजानु पर्ने र यस्तो सोंचबाट राजश्वको अपेक्षित बृद्धिदर हासिल भई राष्ट्रिय विकासको लक्ष्य प्राप्त गर्न सम्भव हुनेमा पनि जोड दिएका छन् ।


गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७० अर्ब रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष २०७५/७६ मा ११ अर्ब ६७ करोड, २०७६/७७मा ९ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/७९ मा १७ अर्ब७२ करोड र २०७९/८० मा १६ अर्ब १४ करोड कर सरकारी ढुकुटीमा दाखिला गरिएको छ । ‘चौधरी ग्रुपले नेपाललाई मुख्य प्राथमिकतामा राखेर लगानी विस्तार गरिरहेको छ । खाद्य एवं पेय पदार्थ, हस्पिटालिटी, वित्तिय क्षेत्र, अटो मोवाईल्स, शिक्षा, पूर्वाधार एवं न्यू टेक्नोलोजी सम्ममा तिब्र गतिमा लगानी विस्तार गरिरहेको र नेपालको समग्र अर्थतन्त्रमा प्रभावकारी योगदान पु¥याउन चाहेको चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले बताएका छन् ।

उनले एकसय ५० बर्षदेखि नेपालको अर्थतन्त्रको विकासमा सक्रिय रहेको र हामी नेपालका सातै प्रदेशहरूमा लगानी विस्तार गरिरहेकाले यसबाट देशको समावेशी विकासमा योगदान उनको बिश्वास छ ।
नेपालमा व्यवसायिक ग्रुपहरूले सरकारको राजश्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी नहुदा पनि चौधरी ग्रुपले प्रत्येक बर्ष आफ्नो समूहबाट राजश्वमा गरेको योगदानलाई सार्वजनिक गर्दै आएको ग्रपले जनाएको छ । करदाताको रुपमा व्यवसाय मार्फत् भुक्तानी गरेको रकम व्यक्तिले तिरेको करमा गणना हुदैन । ग्रुपले एक बिज्ञप्ती जारी गर्दै व्यवसायिक ग्रुपहरूबाट राष्ट्रिय अर्थतन्त्रमा पु¥याइएको योगदानको वास्तविक तथ्य आमजनमानस समक्ष राख्न सरकारी स्तरबाटै व्यवसायिक ग्रुपहरूले तिरेको करको गणना गर्ने र सार्वजनिक गर्ने व्यवस्था मिलाउनका लागि पनि सम्वन्धित निकायको ध्यानाकर्षण गराएको छ ।