काठमाडौँ । राष्ट्रिय जनमोर्चाले उपाध्यक्ष दुर्गा पौडेललाई राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको महिला सदस्यमा नियुक्त गर्न प्रस्ताव गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष पौडेललाई मनोनीत गर्न आग्रह गर्दै राष्ट्रिय सभाको आगामी चुनावमा गठबन्धन पक्षधर सबै उम्मेदवारहरूलाई विजय बनाउन सबै मतदाताहरूसँग अपिल गरेको छ । जनमोर्चाको गण्डकीमा ५७ र लुम्बिनीमा १२९ गरी १८६ मतभार रहेको छ ।
आगामी फागुन २० गतेबाट राष्ट्रपतिबाट मनोनीत १ सहित राष्ट्रिय सभाका २० सदस्यको पदावधि सकिँदै छ ।
प्रतिक्रिया