देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अधिकांश वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाए

देशान्तर

काठमाडौं । माघ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले अधिक तरलता भएर ३ प्रतिशत ब्याजदरमा नेपाल राष्ट्र बैंकमा निक्षेप राख्नुपर्ने तर कर्जाको माग तत्काल बढ्ने अवस्था नभएपछि निक्षेपको ब्याजदर घटाएर कोषको लागत घटाउने रणनीति लिएका छन् ।

कोषको लागत घट्दा आधार दर घटेर कर्जाको ब्याजदर घट्दा ऋणीलाई राहत हुन्छ । कर्जाको माग तत्काल नबढ्ने अवस्था र धेरै बैंकहरुको पूँजीकोषमा देखिएको दबाबले एग्रेसिभ कर्जा विस्तार गर्ने अवस्था नहुँदा ब्याजदर घटाएको एक बैंकरले बताएका छन । सञ्चालनमा रहेका २० मध्ये १८ वटा वाणिज्य बैंकले माघका लागि व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा घटाएका छन् । राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा हुन नहुने व्यवस्था गरेको छ ।