काठमाडौं । गठबन्धनबाट उमेदवार बनेका राष्ट्रियसभा उमेदवारहरूलाई जिताउन गठबन्धनका शीर्ष नेताहरूले अपिल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रियसभामा गठबन्धनको तर्फबाट उठाइएका उमेदवारहरूलाई जिताउन संयुक्त आह्वान गरेका हुन् ।
ूसरकारमा रहेका, सरकारलाई सहयोग गरिरहेका राजनीतिक दलका प्रमुख नेताहरूको बैठकमा राष्ट्रिय सभा निर्वाचनको सत्ता पक्षका गठबन्धनका साझा उमेदवारहरूलाई कसरी जिताउने भन्ने छलफल भएको थियो । बैठक पछि सात दलका नेताहरूले संयुक्त रूपमा हस्ताक्षर गरेर १९ जना उमेदवारलाई मतदान गरेर जिताउनका आह्वान गरिएको छ ।
प्रतिक्रिया