देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिदेशी मुद्राको बिनिमय दरः डलर र युरोको भाउ घटयो

देशान्तर

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०।१५ पैसा कायम गरिएको छ ।

आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसा कायम गरिएको छ भने युरोपियन युरोको खरिदमा १४५ रूपैयाँ १ पैसा र बिक्रीदरमा १४५ रूपैयाँ ६७ पैसा तोकिएको छ । 

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ ६९ पैसा र बिक्रीदर १६९ रूपैयाँ ४५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ५६ पैसा र बिक्रीदर ८८ रूपैयाँ ९६ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९९ रूपैयाँ ०२ पैसा र बिक्रीदरमा ९९ रूपैयाँ ४७ पैसा कायम गरिएको छ ।

यता, जापानी येन १० को खरिददर ९ रूपैयाँ १२ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४७ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रूपैयाँ ७ पैसा तथा बिक्री दर १० रूपैयाँ १२ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, आइतवार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५२ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ९ पैसा र बिक्रीदर ३६ रूपैयाँ २६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २८ रूपैयाँ ५३ पैसा र बिक्रीदर २८ रूपैयाँ ६६ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ३७ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ३२ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३५३ रूपैयाँ २१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।