काठमाडौँ । राष्ट्रियसभा निर्वाचनका लागि गठित सत्ता गठबन्धनको केन्द्रीय समन्वय समितिको सनिवार बसेको बैठकले गठबन्धनका उम्मेदवारहरूको पक्षमा मतदानका लागि मतदाताहरूसँग अपिल गर्न शीर्ष नेताहरूलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
समितिका संयोजक रमेश लेखकको संयोजकत्वमा बसेको बैठकले समितिको सचिवमा अधिवक्ता केशवराज जोशीलाई चयन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति र जिल्ला समन्वय समिति – २०८० ले गठबन्धन उम्मेदवारहरूको पक्षमा मतदाताहरूसँग चुनाव प्रचारप्रसारदेखि मतगणनासम्म गर्नुपर्ने कार्यहरूको बारेमा आवश्यक निर्देशन दिने पनि निर्णय गरेको छ ।
आजको बैठकमा समितिका सदस्यहरू वर्षमान पुन, मनिष सुमन, डा विजय पौडेल र आमन्त्रित रूपमा गोविन्द चौधरी सहभागी रहेका थिए ।
प्रतिक्रिया