काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण
सभाबाट आ.व. २०७९।०८० सम्मको सञ्चित मुनाफाबाट शेयर धनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । आ.व. २०७९।०८० सम्मको सञ्चित मुनाफाबाट (शेयर प्रिमियम बापतको रकम यथावत् रूपमा कम्पनीमा नै सञ्चित राखी) अन्य सञ्चित रकमबाट शेयर धनीलाई चुक्ता पुँजी ४ अर्ब ४० करोडको १४.२५ प्रतिशतका दरले ६२ करोड ७० लाख बराबरको बोनस शेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) रु. ३ करोड ३० लाख नगद लाभांश सहित आफ्ना शेयरवालाहरूलाई कूल जम्मा १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीले एक विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
हाल कम्पनीको अधिकृत पुँजी ७ अर्व र जारी तथा चुक्ता पुँजी ४ अर्ब ४० करोड रहेकोमा १४.२५ प्रतिशतका का दरले बोनस शेयर वितरण गरे पश्चात् कम्पनीको जारी तथा चुक्ता पुँजीमा वृद्धि भई ५ अर्ब २ करोड ७० लाख कायम हुनेछ ।
कम्पनीको सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा बसेको आठौँ वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेका सामान्य प्रस्ताव र विशेष प्रस्तावहरू पनि पारित गरेको छ ।
प्रतिक्रिया