काठमाडौ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारले असाध्यै राम्रो काम नगरेको भए पनि मध्यमस्तरको काम भने गरिरहेको बताएका छन् । शुक्रवार नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर १ ले आयोजना गरेको भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहेका खड्काले तर वर्तमान सरकारले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगरेको बताए ।
पर्याप्त बजेट नहुँदा चाहेर पनि विकास निर्माणका काम अपेक्षाअनुसार हुन नसकेको भन्दै खड्काले उपलब्ध स्रोतको सदुपयोग गर्दै केही प्रयास भने भइरहेको बताए । सरकार सुशासनको अभियानमा रहेको उल्लेख गर्दै उनले काम गर्ने क्रममा भएका कमीकमजोरी सुधार गर्दै जाने बताए ।
प्रतिक्रिया