काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको विकासलाई राष्ट्रको बहुआयामिक वृहत्तर हितको मुद्दाको रूपमा अघि बढाउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल वादोरियो कराते संघको आयोजनामा भएको चौथो राष्ट्रिय वादोकाइ कराते प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले खेल क्षेत्रको विकास केवल युवाहरूको मात्रै मुद्दा मात्रै नभइ राष्ट्रको बहुआयामिक वृहत्तर हितको मुद्दाको रूपमा हेर्न र बुझ्न सक्नुपर्ने बताए । विश्व राजनीति, अर्थतन्त्र, पर्यटनको विकास र अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले समेत खेलकुद क्षेत्र र खेलाडीहरूले राष्ट्रिय पुलको काम गर्नसक्ने उनको भनाइ थियो ।
मूलपानी मैदान तल्लो, मोरङको वैदनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र चितवनको भरतपुरमार रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरिसकेकाले अब द्रुत गतिमा काम अघि बढ्ने प्रधानमन्त्रीको भनाइ थियो ।
प्रतिक्रिया