देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अहिलेकै व्यवस्थामा रहेर विकल्प खोज्न सकिन्छ तर राजतन्त्र सम्भव छैन : नेपाल

देशान्तर

टीकापुर । नागरिक उन्मुक्ति पार्टी(नाउपा)को प्रथम महाधिवेशन टीकापुरमा महाधिवेशन सुरू भएको छ । नाउपाका संरक्षक रेशमलाल चौधरीको अध्यक्षतामा कैलालीको टीकापुरमा महाधिवेशन सुरू भएको हो ।

प्रमुख अतिथिका रुपमा संघीय भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ रहेकी छन् । उद्घाटन सत्रमा बोल्दै विशिष्ट अतिथि नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले इतिहास भइसकेको राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताए ।

राजतन्त्र फर्काउन केही व्यक्तिले खुट्टा उचालिरहेको बताउँदै उनले त्यो सम्भव नभएको दाबी गरे । नेपालले फेरि दास बनाउने कुरा स्वीकार नहुने बताउदै बरू अहिलेकै व्यवस्थामा रहेर विकल्प खोज्न सकिने बताए । २८ गतेसम्म चल्ने महाधिवेशनले ५०१ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ ।