देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गौशाला २६ को तस्बिर सामाजिक सञ्जालमा राख्ने रास्वपाका एक कार्यकर्ता निलम्वनमा : ब्यूरोले अनुसन्धान थाल्यो

देशान्तर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दा हाल्ने गौशाला २६ को वास्तविक तस्बिर र नाम सामाजिक सञ्जालमा राख्ने एक कार्यकर्तालाई कारबाही गरेको छ । पार्टीको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबु शाखा समिति सदस्य दिवस सापकोटा कारबाहीमा परेका हुन् ।

सामाजिक सञ्जालमा प्रयोगमा संवेदनशील नरहेको भन्दै दिवसलाई पदीय जिम्मेवारीबाट निलम्बन गरिएको पार्टीले जनाएको छ । उनले गौशाला २६ को तस्वीर र नामसहित ट्वीटरमा पोस्ट गरेका थिए । यसैबिच पीडितको भन्दै तस्वीरहरु सार्वजनिक भएपछि यसप्रति प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ । जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई बुधबार ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो । त्यसपछि लामिछानेका समर्थकहरुले पीडित गौशाला २६ भन्दै विभिन्न तस्वीर र व्यक्तिगत विवरणहरु सार्वजनिक गराएका थिए ।