काठमाडौं । राम बहादुर बम्जन (लिटिल बुद्ध)को घरबाट प्रहरीले ठूलो मात्रामा नगद बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बम्जनलाई मंगलबार काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको थियो ।
प्रहरीले बम्जनकोे हात्तीगौँडास्थित घरमा छापा मार्दा ३ करोड ३४ लाख ६७ हजार ९०६ रुपैयाँ बराबरको विभिन्न देशको पैसा बरामद गरेको हो । त्यसमध्ये नेपाली रुपैयाँ ३ करोड ४ लाख जति थियो । त्यसपछि अमेरिकी डलर १७ लाख ९७ हजार १६४ रुपैयाँ, भारतीय रुपैयाँ १ लाख ७६ हजार र चिनिया युआन ५ लाख भन्दा बढीको रहेको छ ।
यसैगरि अष्ट्रेलियन डर, युरो, क्यानेडियन डलर, डेनिस क्रोनर, इन्डोसियन रुपैयाँ, मलेसियन रिंगेट, कोलम्बियन पेसो, इजरायली न्यू सकेकल, थाई भाट, यूएई दिराम, साउदी अरबियन रकम, भुटानी र सिंगापुरको पैसा पनि भेटिएका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया