देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

२० करोड लगानी सम्झौताका विषयमा सरकारले चाहेको अवस्थामा जुनसुकै निर्णय लिन सक्छ : ‘प्रचण्ड’

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग भएको २० करोड लगानी सम्झौताका विषयमा सरकारले चाहेको अवस्थामा जुनसुकै निर्णय लिन सक्ने बताएका छन । उनले उक्त रकम भौतिक र सामाजिक पूर्वाधार विकासमा लगानी गरिने बताए ।
बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले उनले भारतीय विदेशमन्त्री एस जयशंकर आएपछि नै २० करोडको निर्णय नभएको बताएका छन् । उनी आउनुभन्दा २०/२५ दिन अघिकै मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको बताए ।
उनले पाँच करोड लिँदा राष्ट्रहितविरुद्ध नहुने २० करोड लिँदा हुने भन्ने कुरा गर्न नमिल्ने तर्क गरे ।
उनले चीनले नेपालमा प्रत्यक्ष लगानी गरेका आयोजनाबाट उत्पादित विद्युत् किन्नेबारेमा भारतले असहमति प्रकट गरेको बताए । उनले आफूहरूले ग्लोवल टेन्डर आह्वान गरी निर्माण भएको विद्युतलाई चीन सरकारले उत्पादन गरेको भन्न नमिल्ने बताएको जानकारी दिए । उनले
प्रचण्डले केही दिनमै पञ्चेश्वर जलविद्युत परियोजनाको ब्रेक थ्रु हुने बताए । पञ्चेश्वर परियोजना ५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ ।