देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ज्योतिष विद्यालाई सबैको पहुँचमा पुराउन जरुरी छ : खड्का

देशान्तर


काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्योतिष विद्यालाई सबैको पहुँचमा पुराउन जरुरी रहेको बताएका छन् । नेपाल ज्योतिष परिषपद्को आज आयोजना गरेको रजत समारोहको उद्घाटन गर्दै उनले परम्परागत ज्योतिष विद्यालाई नयाँ प्रविधिमार्फत सबैको पहुँचमा पुराउनुपर्नेमा जोड दिए । ज्योतिष विज्ञानलाई हचुवाको भरमा प्रयोग गर्ने र जीविकोपार्जनको माध्यम बनाउन नहुने उनको भनाई थियो ।
विश्व ज्योतिष महासङ्घका अध्यक्ष डा लोकराज पौडेलले सरकारले ज्योतिषलाई अनुमतिपत्रको व्यवस्था मिलाउनुपर्ने बताए । उनले देशभरका १४ हजारभन्दा बढी ज्योतिष परिषद्मा आवद्ध रहेका जानकारी गराएका थिए । विसं २०५३ मा स्थापना भएको परिषद्ले हाल ७७ वटै जिल्ला, सात प्रदेश र उपत्यकामा आफ्नो शाखा विस्तार गरिसकेको छ । आगामी वर्ष चैत शुक्ल प्रतिपदाको दिनलाई राष्ट्रिय ज्योतिष दिवस मनाइने परिषद्का अध्यक्ष माधवराज पाण्डेले बताए ।