काठमाडौँ । एक्सेल एन्ड इलिभेट भन्ने नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले तीन दिने इम्प्लोइ स्किल इनह्यान्समेण्ट वर्कसप सम्पन्न गरेको छ ।
कम्पनीले उक्त कार्यक्रम चितवनस्थित होटेल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको हो ।
कर्मचारीहरूको प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बिमा व्यवसायसँग सम्बन्धित विभिन्न वर्तमान पाटोमा विवेचना गर्दै आगामी वर्षको व्यावसायिक लक्ष्य र रणनीतिका बारेमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशप्रसाद खत्रीले प्रशिक्षित गराएका थिए ।
कार्यक्रमको सभापतित्व पनि सिइओ खत्रीले नै गरेको कम्पनीले जनाएको छ । विभागीय प्रमुख तथा देश भरीबाट प्रशासनिक कर्मचारीहरू गरी २ सय जना भन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा सिइओ खत्रीले बिमा व्यवसाय प्रतिस्पर्धात्मक र जटिल हुँदै गइरहेको वर्तमान स्थितिमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक लक्ष्य हासिल गरी बिमा बजारमा अग्र स्थानमा पुर्याउन भूमिका खेल्नु पर्ने बताएका थिए ।
उनले दक्ष कर्मचारीहरूबाट नै उत्कृष्ट नतिजा हासिल गर्नेमा जोड दिए ।
प्रतिक्रिया