देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवारहरुको उमेदवारी दर्ता

देशान्तर

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि सोमबार सातै प्रदेशमा रहेका प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारहरुको उमेदवारी दर्ता भएको छ । १९ जना सदस्यको निर्वाचनका लागि सत्ता गठबन्धनले भागवण्डा गरि संयुक्त उमेदवारी दिएका छन् भने एमालेले एकल उमेदवारी दिएको छ ।
निर्वाचन हुने १९ सिटमध्ये नेपाली कांग्रेसले १० सिटमा उमेदवारी दिएको छ भने माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा उमेदवारी दिएको छ ।
नेपाली कांग्रेसका तर्फबाट कृष्णप्रसाद सिटौला ,आनन्दप्रसाद ढुंगाना ,विष्णुदेवी पुडासैनी ,जीतजंग बस्नेत ,कृष्ण रोकाया, नारायण दत्त भटट , बलदेव बोहरा , पदमबहादुर परियार, किरणबाबु श्रेष्ठले ,विष्णुदेवी सापकोटाले उमेदवारी दिएका छन् । यसैगरी नेकपा माओवादी केन्द्रले चम्पादेवी कार्की ,श्रीकृष्ण अधिकारी, मनरुपा शर्मा, विष्णु विक, झक्कु सुवेदी र रेणु चन्दलाई उम्मेदवार बनाएको छ । यसैगरी नेकपा एककिकृत समाजवादीले पाएको दुई सिटमा घनश्याम रिजाल र सावित्री मल्ललाई उम्मेदवार बनाएको छ । भने जनता समाजवादी पार्टी (जसपा) नेपालले पूजा चौधरीलाई उम्मेदवार बनाएको छ ।

यता प्रमुख प्रतिपक्षी नेकपा एमाले राष्ट्रियसभाको निर्वाचनमा १९ वटै पदमा उम्मेदवार उठाएको छ ।
एमालेले रुक्मिणी कोइराला, पर्शुराम अधिकारी, उषादेवी थरुनी, विजय झा रोचकुमारी चौलागाईं, त्रिलोचन निर्मल पौडेल, विवेक देवकोटा, ध्रुवराज विश्वकर्मा,सम्झना देवकोटा, चक्रबहादुर पराजुली ,हेमन्द्र शेरचन , तुलसाकुमारी केसी, झपेन्द्रबहादुर घर्ती क्षेत्री ,विमलाकुमारी शाही, डिल्लीप्रसाद भट्ट, हिक्मत विक , सावित्रादेवी घिमिरे, ईश्वरीप्रसाद खरेल र रामचन्द्र जोशीलाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभाको निर्वाचनमा ९ उम्मेदवार उठाएको छ। राप्रपाबाट उद्धव पौडेल ,हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट, पूर्णबहादुर विश्वकर्मा, गौमाया श्रेष्ठ , रोमबहादुर भण्डारी , निरञ्जन थापा, विजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाएको छ।