काठमाडौँ । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभाको उम्मेदवार चयनबारे थप दुई जना नेताले फरक मत राखेका छन् । पार्टीको पदाधिकारी बैठकमा महामन्त्री गगन थापाले दुई बुँदे लिखित र अर्का महामन्त्री विश्व प्रकाश शर्माले ६ बुँदे मौखिक फरक मत राखेको भोलि पल्ट सोमवार नेताहरू अर्जुननरसिंह के.सी. र बलबहादुर के.सीले पाँच बुँदे लिखित फरक मत राखेका हुन् ।
पौष १४को पार्टीको संस्थागत निर्णयको ठाडो उल्लङ्घन गरिएको प्रक्रियागत गम्भीर त्रुटि र स्वेच्छाचारिता स्पष्ट देखिएको समावेशिताको संवैधानिक सिद्धान्तलाई उल्लङ्घन गरिएको लगायतका बुँदा उल्लेख गर्दै दुई नेताले राष्ट्रियसभा उम्मेदवार चयनको हालैको निर्णयमा असहमत भएको बताएका छन् ।
प्रतिक्रिया