काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक जारी छ । राष्ट्रियसभा सदस्यको उमेदवार, भागबन्डालगायत विषयमा बैठकमा छलफल भैरहेको छ । बरिष्ठ नेता डा शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा जारी छलफलमा कोइरालासहित कांग्रेस महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, केन्द्रीय सदस्य अर्जुनरसिंह केसीलगायतका नेता सहभागी छन् ।
यसअघि पार्टी सभापति शेरबहादुर देउवासँग छलफल भएको थियो । छलफलमा देउवाले पार्टीले बनाएको मापदण्ड पालना नगर्ने संकेत गरेपछि संस्थापन इतर समूहको बैठक बसेको हो । राष्ट्रियसभामा देउवाले संस्थापन इतर समूहलाई तीन सिटसम्म भाग लगाउन सकिने बताएका थिए । नेता कोइरालाले हारेका मान्छे स्वीकार नगर्ने र चार सिटमा दाबी कायम रहने बताएका थिए ।
प्रतिक्रिया