अघिल्लो आलेखमा हामीले सञ्चार माध्यमको सुरुवातीदेखि विकासक्रमलाई संक्षिप्त रूपमा केलाउने प्रयास गरेका थियो आजको अंकमा हामी ब्रोडकास्टिङको विकासको सन्दर्भमा चर्चा गर्छांै ।
Jems Clerk Maxwell ले सन् १८६४ मा Electromagnetic Waves मा पनि Propagateगर्छ भनेर Theory & Mathematical फर्मबारे बताएका थिए । तपाईंहरूले घट्ट देख्नुभएको होला, पानीको प्रेसरले पिठो पिनेको । अब त्यही सिस्टममा यदि हामीले चुम्बक राखेर चुम्बकीय शक्तिलाई फिल्ड परिवर्तन गर्ने हो भने विद्युतीय ऊर्जा निस्कन्छ । यदि हामीले चुम्बकीय शक्ति र विद्युतीय शक्ति एकआपसमा परिवर्तन गर्ने हो भने Electromagnetic force निस्किन्छ जुन हावामा मात्र होइन खाली ठाउँमा पनि बगेर जान्छ ।
ध्वनि (आवाज) भने स्पेसमा जाँदैन vaccum मा बग्दैन । आवाज अथवा ध्वनि बग्न माध्यम चाहिन्छ । पृथ्वीबाट ८,८४८ मिटरमा सगरमाथा छ । १०० किमिभन्दा माथि हावा atmosphare पातलो हुँदै जान्छ । १० हजार किमिसम्म हावा छ । त्योभन्दा माथि स्पेस पूर्ण खाली छ । तपाईं ३८४,४०० किमि पर चन्द्रमा छ । ६००० किमि स्पिडमा दगुर्ने रकेटबाट हामी चन्द्रमामा हामी करिब ६४ घण्टामा पुग्छांै भने अब सोच्नुहोस् Electromagnetic Wave Propagation ले हामीले सन्देश पृथ्वीबाट कति पर र कति समयमा पु¥याउन सक्छौं होला । ब्रोडकास्टिङ माध्यमबाट हामी हावा वा स्पेससमेतमा सूचना कति पर पठाउन सक्छौं भन्ने केही बुझ्नु भएको हुनु पर्दछ ।
वैज्ञानिक निकोला टेस्लाले वायरलेस रेडियो कम्युनिकेसनका क्षेत्रमा काम गरेका थिए । पछि इटलीमा जन्मेका मार्कोनीले रेडियो तरंगबाट सन्देश प्रवाह गर्न सकिन्छ भनेर काम गरे । १८९७ मा १२ मिल परसम्म सन्देश पठाए पनि । १४ फेब्रुअरी १९२२ मा लन्डनमा रेडियो प्रसारण सेवा सुरु भयो । १३ फेब्रुअरी १९४६ मा युनाइटेड नेसन रेडियो स्थापना भयो । युनेस्कोको २०११ जनरल कन्फरेन्सपछि २०१२ देखि फेब्रुअरी १३ लाई रेडियो दिवसका रूपमा मनाउन थालियो । अब हामीले बोलेको आवाज कस्तो हुन्छ भन्नेबारे सचित्र हेरौं—
ब्रोडकास्टिङ माध्यमका किसिमहरू, प्रचलित माध्यमहरूमा सर्ट वेभ, मिडियम वेभ, एएम, एफएम, भीएचएफ, यूएचएफ पर्छन् भने यस्को ट्रान्समिसन र रिसिभ प्रक्रियालाई चित्रबाट बुझाउँदा यसरी सजिलो हुन सक्छ ।
रिसिभ प्रक्रिया
ट्रान्समिसनमा प्रयोग हुने उपकरणहरू
एन्टेना
ट्रान्समिटर
आवाजको रूपान्तरण प्रक्रिया
अब चर्चा गरौं इन्टरनेट ब्रोडकास्टिङबारे
इन्टरनेटको माध्यमबाट प्रकाशन र प्रसारण हुने प्रचलित सञ्चार माध्यममा सामाजिक सञ्जाल, फेसबुकलगायत, युट्युब, इन्टाग्राम, भाइबर, ह्वाट्सएप, इमो, टिकटकलगायत पर्छन् । अहिलेको अवस्थामा ब्रोडकास्टिङ माध्यममध्ये इन्टरनेट ब्रोडकास्टिङ सस्तो र प्रभावकारी देखिएको छ । जसका कारण आउँदो दशकमा इन्टरनेट ब्रोडकास्टिङ हावी हुँदै जाने निश्चित छ ।
क्रमश ….
प्रतिक्रिया