काठमाडौँ । सरकारले सर्लाहीको बरहथवामा भएको प्रदर्शनका क्रममा भएको झडपमा मृत्यु भएका जयशंकर साहको परिवारलाई राहतस्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । शनिवार गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरी सो घटनामा मृत्यु भएका साहको परिवारलाई राहतस्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएको हो ।
शुक्रवार वरहथवा नगरपालिका ५ मा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ३० वर्षीय साहको मृत्यु भएको थियो । घटनाको छानबिनका लागि गृहमन्त्रालयले तीन सदस्यीय समिति बनाएको छ । समितिको संयोजकमा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम रहेका छन् । सदस्यहरूमा प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेका छन् ।
प्रतिक्रिया