काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर नेपालको दुई दिने भ्रमण पूरा गरी आज शुक्रबार स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले विदाई गरेका थिए ।
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन आएका जयशंकरले बिहीबार उच्चस्तरीय भेटवार्ता गरेका थिए । यस्तै आयोगको बैठकपछि नेपाल र भारतबीच भएका विभिन्न सहमति तथा समझदारी आदानप्रदान भएको थियो । शुक्रबार स्वदेश फर्किनुअघि उनले बिहान पशुपतिनाथ मन्दिर परिसरको दर्शन गरेका थिए ।
प्रतिक्रिया