काठमाडौं । संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी परेको छ ।
काठमाडौंका ध्रुवराज लुइँटेलले धार्मिक भावनामा आँच पुर्याएको भन्दै किराँतीविरुद्ध जाहेरी दिएका हुन् । मन्त्री किरातीले एक कार्यक्रममा क्रिश्चियन धर्म संग सम्बन्धित भएर दिएको अभिब्यक्तिको चर्को आलोचना भएको थियो ।
जाहेरीमा उनलाई पक्राउ गरी मुलुक अपराध संहिताअनुसार ३ वर्ष कैद र २० हजार रूपैयाँ जरिवाना गराउन माग गरिएको छ ।
प्रतिक्रिया