काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठेको विवादमा उनीमाथि सरकारले गरेको कारबाही सम्बन्धी फाइल पनि पेश गर्न आदेश दिएको छ ।
गभर्नर अधिकारीको योग्यतासम्बन्धी विवाद पूर्ण सुनुवाइका बेलामा नै निरुपण हुन उचित हुने भन्दै न्यायाधीश सुष्मालता माथेमाको इजलासले गभर्नर अधिकारीमाथि सरकारले निलम्बन गरेपछि दायर भएको मुद्दाको मिसिल पेश गर्न आदेश दिएको हो । बिहीबार सार्वजनिक भएको आदेशमा ९ माघ, २०८० मा मुद्दालाई पूर्ण सुनुवाइका लागि पेशी तोक्न र १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ ।
प्रतिक्रिया