काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्ना २०२४ को वार्षिक क्यालेन्डर सार्वजनीक गरेको छ । क्यानले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।
क्यानले सार्वजनिक गरेको क्यालेन्डरमा उमेर समूहका प्रतियोगिता देखि लिएर महिला तथा पुरुष टोलीको विदेशमा प्रशिक्षण पनि रहेको छ । त्यस्तै नेपालमा पनि धेरै खाले सिरिजको पनि प्रवन्ध गरेको क्यानका सचिव पारस खड्काले जानकारी दिए । नेपालले फ्रेब्रुवरी १० देखि १४ सम्म क्यानडासँग एकदिवसीय सरिज खेल्नेछ । त्यस्तै फ्रेब्रुअरी २७ देखि ५ मार्चसम्म नामिबिया र नेदरल्यान्डसँग नेपालले त्रिदेशीय सिरिज खेल्नेछ ।
क्यानले पुस २५ गतेपछि मात्र सन्दीप लामिछानेबारे औपचारिक निर्णय गर्ने बताएको छ । सचिव खड्काले सन्दीपलाई हुने कैद सजायपछि मात्र उनी राष्ट्रिय टीममा रहने/नरहनेबारे औपचारिक धारणा सार्वजनिक हुने बताए । जिल्ला अदालत काठमाडौंले बलात्कारमा दोषी ठहर्याएको थियो । पुस २५ गते सन्दीपमाथि हुने कैद सजाय सुनाउँदैछ । उनको सजाय निर्धारण भने भइसकेको छैन । पुस २५ गते काठमाडौं जिल्ला अदालतले सजाय तोक्ने छ ।
प्रतिक्रिया