काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री प्रचण्डले गत मंसिर २० देखि लागू हुनेगरी गजुरेलको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गजुरेलले नियुक्त भएको १० महिनापछि गत २० मंसिरमा राजीनामा बुझाएका थिए । सरकारको काम कारवाहीसँग नीतिगत रूपमा असहमति जनाएर राजिनामा दिएका गजुरेलले राजीनामाको बिस्तृत कारणबारे भने स्वीकृत भएपछि बताउने भन्दै आएका छन्।
प्रतिक्रिया