काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । सिंहदरबारमा भएको भेटका अवसरमा नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्यका बारेमा छलफल भएको थियो ।
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आइपुगेका मन्त्री जयशंकरले आज दिउँसो १ बजे परराष्ट्र मन्त्री साउदसँग होटेल याक एण्ड यतिमा भेटघाट गरेपछि उनी सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् ।
प्रतिक्रिया