काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचन भागबण्डाबारे गठबन्धनको बैठकमा छलफल भएको छ । सत्ता गठबन्धनको बैठकमा के सहमति भयो भन्ने सार्वजनिक भैसकेको छैन । बैठक भोलि बिहान ९ बजे बस्ने गरी गठबन्धनको बैठक सकिएको हो ।
गठबन्धनको बैठक लगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र नेकपा एकीकृत समाजवादीको बैठकलगत्तै एमाले अध्यक्षसहितका नेताहरु बालुवाटार पुगेका हुन् ।
एमालेसँगको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत गठबन्धन दलका शीर्ष नेताहरु सहभागी छन् ।
प्रतिक्रिया