काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभामा संविधानले परिकल्पना गरेकोभन्दा बाहिरको व्यक्तिहरु दलहरुले ल्याइरहेको बताएका छन् ।
बुधबार पूर्वकर्मचारी समाजको कार्यक्रममा सम्बोधन गर्दै थापाले राष्ट्रिय सभा सदस्यको लागि संविधानको परिकल्पना बहसमै नआउने अवस्था बनेको बताएका हुन् ।
त्यस्तो हुनुको कारण थापाले दलभित्रको निर्णय गर्ने थलोमै उचित प्रतिनिधित्व नहुनु रहेको बताए । थापाले अहिले राष्ट्रिय सभाको निर्वाचनको छलफल भइरहेको र आफ्नो पार्टी कांग्रेसको विधानको व्यवस्था अनुसार प्रदेशले उम्मेदवार सिफारिस गर्नुपर्ने भएकाले आफूले नजिकबाट नियालिरहेको पनि बताए । अर्को प्रसंगमा थापाले यति धेरै पूर्वप्रधानमन्त्रीहरु राजनीतिमा सक्रिय भएको अन्य कुनै देशमा आफूले नदेखेको बताएका छन् । उनले देश र नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा रहेको टिप्पणी गरे । उनले अहिले कांग्रेसले देश संकटमा छ भन्न नमिल्ने पनि टिप्पणी गरे ।
प्रतिक्रिया