देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धापासी जेसीज बर्ष २०२४ को अध्यक्षमा प्रबल गौतम

देशान्तर

काठमाडौं । धापासी जेसीजको नवनिर्वाचित कार्यसमिति चयन भएकोे छ । सोमबार आयोजित एक समारोहबीच धापासीं जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी प्रबल गौतम लाई १८औ बाषिक साधारण सभा तथा शाखा अधिवेशन बाट सर्वसम्मत निर्वाचित भएका हुन् । जेसीज बर्ष २०२४ को अध्यक्षमा प्रबल गौतम सर्वसम्मत चयन भएका छन् ।

सोमबार धापासीमा सम्पन्न १८ औं शाखा अधिवेशनबाट गौतमको नेतृत्वमा ७ सदस्यीय शाखा कार्यसमिति चयन गरिएको हो । अन्य महासचिव, कोषाध्यक्ष र कानूनी सल्लाहकारको चयन हुन बाकी रहेको अध्यक्ष गौतमले बताउनु भयो । धापासी जेसिजको कार्यकारी उपाध्यक्षमा अर्जुन गिरी र अनुता आचार्य चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा सुहाना अधिकारी, आषिश शर्मा, बिपुल घिमिरे र पदम मगर सर्वसम्मत चयन भएका हुन् । नवनिर्वाचित पदाधिकारीहरूको पदभार ग्रहण यही जनवरी २०२४ भित्र भव्य कार्यक्रमकाबीच गरिने बर्ष २०२३ का अध्यक्ष सुरज अधिकारी ले बताए । नवनिर्वाचित बर्ष २०२४ का अध्यक्ष प्रवल गौतम नेपाल क्रिकेट संध (क्यान) का राष्ट्रिय क्रिकेट टोलीका पूर्व ब्यवस्थापक तथा हाल क्रिकेट अफीसरको रुपमा आबद्ध हुनुहुन्छ । उहाले संस्थागत विकास, सामाजिक सेवा, खेल तथा युवा उद्यमशीलता र लागूऔषध नियन्त्रणमा विशेष जोड दिने बताए ।